A campaign "To end compulsive prostitution and violence against women"

977-1-4437552

Home News & Events बलात्कारको आरोप लागेका बृद्धद्वारा आत्महत्या

बलात्कारको आरोप लागेका बृद्धद्वारा आत्महत्या

बलात्कारको आरोप लागेका बृद्धद्वारा आत्महत्या

काठमाडौ, भाद्र १० - बाबुबाट बलात्कृत युवतीले अपराधकर्ममा हजुरबाको पनि सहयोग गरेको आरोप लगाएलगत्तै काभ्रेका एकजना ७३ वर्षीय बृद्धले आत्महत्या गरेका छन् ।

काठमाडौंमा उपचाररत बलात्कृत नातिनीले अपराधकर्मममा बाबुलाई आमा र हजुरबाको पनि सहयोग रहेको बयान दिएपछि बृद्धले आत्महत्या गरेका छन् ।

काभ्रे, पनौति- २ का प्रकाश कार्कीलाई छोरीको किटानी जाहेरीका आधारमा प्रहरीले सोमबार पक्राउ गरेको थियो । ११ वर्षदेखि बलात्कारको शिकार भएकी १९ वर्षीय किशोरीले आत्महत्याको प्रयास गरेपछि बलात्कारको घटना बाहिर आएको थियो ।

पीडित युवतीलाई अहिले काठमाडौंस्थित रक्षा नेपालको सेल्टरमा राखिएको छ । 'पीडितको अवस्था दयनिय छ, मानसिकरुपमा विक्षिप्त छिन्,' रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले ईकान्तिपुरसित भनिन्, 'चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।'

बाबुका चार श्रीमती

बलात्कृतका बाबु प्रकाशका चार श्रीमती छन् ।

पहिलो श्रीमतीबाट छोरा नभएपछि कार्कीले माइली काभ्रेकै, साइँली मकाउमा र कान्छी काभ्रेबाट विवाह गरेका थिए । बलात्कृत युवती माइली श्रीमतीकी जेठी सन्तान हुन् ।

पटक पटक अनेक बहानामा बलात्कृत भएपछि आत्महत्या प्रयास गरेकी ती युवतीले प्रहरीसँग आत्महत्याको कारण खुलाएकी थिइन् । सुसाइट नोटमा- 'बाउको कान्छी श्रीमती बस्नुभन्दा मर्नु बेस । मरेपछि बलात्कार गर्ने बाउ र हजुरबाउलाई मृत्युदण्ड'को माग गरेपछि घटना खुलेको थियो ।

प्रकाशित मिति: २०७१ भाद्र १० ०२:५२

Your Comments

donateDONATE

FROM OUR BLOG

View all
AUG24

Changing the life from - Hell to Heaven....

Ramila got love marriage at her early age with so ...

MAY18

Helping Women Escape Abuse in Nepal’s Informal Entertainment Sector

In Nepal, thousands of women who work in massage ...

MAY18

Raksha Nepal: Protecting Victims, Empowering Women

My Nepalese journalist friend Jitendra GC&nb ...

MAY16

फूलहरूको व्यथा

काठमाडौँ — ‘तपाईले खाई–नखाई दिनर ...

DOCUMENTARY

Support for sexually exploited women in nepal