A campaign "To end compulsive prostitution and violence against women"

977-1-4437552

Home News & Events काभ्रे घटनामा बाबु र हजुरबुवा दुबैले बलात्कार गरेको आशंका

काभ्रे घटनामा बाबु र हजुरबुवा दुबैले बलात्कार गरेको आशंका

काभ्रे घटनामा बाबु र हजुरबुवा दुबैले बलात्कार गरेको आशंका

काभ्रे । आफ्नो बाबुले पटकपटक बलात्कार गरेपछि विछिप्त बनेकी १८ बर्षिय किशोरीले प्रशासनमा उजुरी दिएलगत्तै बलात्कारी बाबु प्रकाशबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे सुब्बा गाउँ–२ निवासी प्रकाशबहादुर कार्कीले आफ्ना ४ वटी श्रीमतीबाट पनि अतृप्त बनेपछि आफ्नै छोरीलाई समेत पटकपटक बलात्कार गर्ने गरेको किशोरीको बयानबाट खुलेको छ ।

कक्षा ९ पढ्दा विदेशबाट फर्किएका बाबु प्रकाशले बलात्कृत सीता (नाम परिवर्तित) लाई अनेक बहानामा बलात्कार गर्ने गरेका थिए । सानै उमेरमा बाबु विदेश भएका बेला हजुरबुबाले बलात्कार गरेको कुरा न्याय पाउने आशामा ती बालिकाले एक दिन आफ्नो बाबुलाई हिम्मत जुटाएर बताएकी थिइन् । न्याया दिलाउनु त परैजाओस्, मौका मिल्ने वित्तिकै ती किशोरीका बाबु प्रकाशले बलात्कारको बारेमा कुरा गर्नु छ भन्दै बोलाएर पहिलो पटक विदेशबाट आएपछि मुख छोपेर बलात्कार गरे । त्यतिबेला उनी कक्षा नौंमा अध्ययनरत थिइन् ।

त्यसपछिका दिनमा सीताले आफ्नै बाबुको कान्छी श्रीमती बराबरको हैसियतमा बस्नु पर्‍यो । ‘आफ्नो श्रीमतीलाई काममा पठाउने र एकान्त हुने वित्तिकै छोरी सीतालाई प्रकाशले कति पटक बलात्कार गरे त्यसको कुनै हिसावकिताव छैन् । एसएलसीमा राम्रो अंक ल्याएर पास गरेकी सीतालाई प्रकाशले मोबाइल किनिदियो, मम खुवायो, गाडीमा बोकेर हिड्यो, बलात्कार गरिरह्यो । सीता नर्स पढ्न चाहान्थिन्, तर, उसले सीतालाई फकाउँदै भन्यो,‘मैले भनेको जस्तो गरिराख, म सवै गरिहाल्छु नि ।’ गत साउन ३० गतेका दिन भने घटना उल्टो घट्यो । आफ्नै बाबुको कान्छी श्रीमती भएर बस्नु भन्दा मर्नु नै बेश मानेर उनले विष सेवन गरी आत्महत्या प्रयास गरिन् । तर, उनलाई देख्नेले बचाए । उनले सुसाईट नोटमा लेखेकी थिइन्,‘ बाउको कान्छी श्रीमती बनेर बस्नु भन्दा मर्न बेश । म मरेपछि मलाई बलात्कार गर्ने बाउ र हजुरवाउलाई मृत्युदण्ड दिइयोस् ।’ तर, दुभाग्र्य त्यो सुसाईट नोट प्रहरीले फेला पारेन, बरु उनकै बलात्कारी बाउले फेला पारे । अस्पताल पुर्‍याइयो, डाक्टरले पनि बयान लिए, उनले पनि सवैकुरा बताईन् । प्रहरीले प्रमाण संकलनसँगै बलात्कारी बाबुलाई पक्राउ गरी कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको छ । सीता अस्पतालमा नै बस्दा पनि बन्दीको हैसियतमा बस्नु पर्‍यो । सीतालाई अहिले विगत लामो समयदेखि यौनहिंसा विरुद्ध लड्दै आएको रक्षा नेपाल नामक संस्थाले आश्रयमा रहेको छ । अहिले सीताको एउटै माग छ, ‘कि मलाई मर्न देऊ, नत्र बलात्कारी बाउ, हजरबाउलाई मृत्युदण्ड देऊ ।’

कसरी सीता बलात्कृत भइन् ?
सीता सानै थिइन् । उनको गाउँ बेसीमा घर थियो । बाबु विदेशीएका थिए । एक दिन हजरबुबा विरामी परे । खाना पकाएर खुवाउँछे भन्दै नातिनीलाई उनकी आमाले बेशीमा हजुरबुवासँगै छाडिन् । त्यसदिन राती उनका हजुरबुबाले सानै भएकाले डराउने भन्दै आफैसँग सुताए । सुत्ने क्रममा राक्षुसी चरित्रका ती हजुरवाउले बालिकाको संवेदनशिल अंगमा चलाउने, छुने गर्दै बलात्कार गरे । सीतालाई थाहा पनि थिएन कि हजुरबाउले के गरे ? भोलीपल्ट एकदमै रक्तश्राव भएपछि आफै अस्पताल पनि पुर्‍याए, ती हजुरबाउले । उनले कसरी यो केशलाई मिलाए, सीतालाई पत्तो मिलेन् । फेरि हजुरवाउले बलात्कार गरेपछि विद्यालयबाट रक्तश्राव धेरै भएको खबर सीताको आमाकहाँ पुग्यो । तर, उनले इज्जत जाने डरका कारण छोरीको कुरा कहिल्यै सुनिनन् । एउटी अवोध बालिकामाथि लगातार यसरी अपराध हुँदै गयो । त्यसपछि जव अलिअलि सीतालाई थाहा हुन थाल्यो उनी छलेर त्यहाँ बस्न छाडिन् । हजुरवाउले बलात्कार गरेको तीन बर्षपछि विदेशबाट सीताका बाउ फर्किए । उनले न्याय पाउने आशामा सवैकुरा आफ्नो बाबुलाई भन्ने निधो गरिन् । तर, दुभाग्र्य तिनै राक्षस बाबुबाट पटकपटक बलात्कृत मात्र हुनु परेन्, कान्छी श्रीमतीको दर्जामा समेत बस्नु बाध्य भईन सीता । त्यसपछि सीतासँगै कुनै विकल्प थिएन् । आफू अन्यायमा परेको सुन्ने कोही थिएन्, आफ्नो भन्ने कोही नभएपछि मानसिक तनावका कारणका उनले आत्यहत्याको बाटो रोजिन् । उनलाई बलात्कार गर्ने हजुरबाउको नाम ईन्द्रबहादुर कार्की हुन् । हजुरबाउलाई समेत कानूनी कठघरमा ल्याउने प्रयासमा काभ्रेका एसपी अरुण विसी जुटेका छन् । काभ्रे प्रहरीका एसपी अरुण विसीले बलात्कारी राक्षसबाबुलाई पक्राउ गरी कारवाहीका लागि कानूनी प्रक्रिया अगाडि बढाएका छन् भन्दै आज राजधानीबाट प्रकाशित हुने जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

Your Comments

donateDONATE

FROM OUR BLOG

View all
AUG24

Changing the life from - Hell to Heaven....

Ramila got love marriage at her early age with so ...

MAY18

Helping Women Escape Abuse in Nepal’s Informal Entertainment Sector

In Nepal, thousands of women who work in massage ...

MAY18

Raksha Nepal: Protecting Victims, Empowering Women

My Nepalese journalist friend Jitendra GC&nb ...

MAY16

फूलहरूको व्यथा

काठमाडौँ — ‘तपाईले खाई–नखाई दिनर ...

DOCUMENTARY

Support for sexually exploited women in nepal