A campaign "To end compulsive prostitution and violence against women"

977-1-4437552

Home Blog विकल्पको खोजीमा मसाजका महिला

विकल्पको खोजीमा मसाजका महिला

कक्षा सातमा अध्ययनरत रहँदा माओवादी लडाकु र नेपाली सेनाबीचको दोहोरो भिडन्तमा परी उनको बाबुको मृत्यु भयो । त्यसपछि विधवा आमा र ५ जना भाइ-बहिनीको लालनपालनको गर्‍हांै भारी बोकेर उनी सहर हानिएकी थिइन् । रामेछाप जिल्लाको एउटा दुर्गम तामाङ बस्तीबाट एकैपटक साथीको आड र भरोसामा सहर पसेकी उनलाई के थाहा ? यो का माडौंको कोलाहलमा उनको रुवाइ अनि चित्कार सुन्ने कानहरू थुनिएका छन् भनेर !

गन्तव्यहीन यात्रीझैं भएर यो सहरको गल्लीमा भौंतरिरहेका बेला एकदिन एकजना अधबैंसे पुरुषसित उनको चिनजान भयो । उनको पीडामा सहानुभूति प्रकट गर्दै, आश्रय दिन्छु भनी सँगै लग्यो । सहारा भेटेकोमा दंग पर्दै उनी उक्त पुरुषको पाइला पछ्याउँदै गइन् । तर ती पुरुषले एउटा होटलमा लगेर उनलाई जबर्जस्ती यौनशोषण गरिरह्यो । त्यसपछि उसैले सानुलाई मेलको एउटा मसाज केन्द्रमा पुर्‍याइदियो । त्यहाँ छिरेकै दिन प्रहरीले छापा मारी उनलाई पक्रियो र हतकडी लगायो । त्यसो कुन अपराधमा गरिएको हो, उनलाई केही थाहा भएन ।

आज फेरि त्यही शृङखला दोहोरिएको छ । जुन विगतमा हुने गर्थे । महानगरीय प्रहरी परिसर र मातहतका कार्यालय प्रमुख फेरबदल भएको साता नहुँदै यहाँ सानुजस्तै पेट पाल्नकै लागि मसाजमा मजदुरी गर्ने महिलाहरूलाई यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा रंगेहात पक्राउ गरिएको समाचार आउँछ ।

एक दसकदेखि डान्स, क्याबिन र मसाजमा कार्यरत मजदुर महिलाको वास्तविक जीवनसँग नजिक रहेको नाताले उनै सानुबाट पाएको समाचारले पक्राउ परेका दिदी-बहिनीको अवस्था बुझ्ने भित्री इच्छा भयो र हनुमानढोका प्रहरी परिसरतर्फ पाइलो बढाएँ, तर विडम्बना ! रंगेहात पक्राउ परेको भनी सार्वजनिक गरिएकाहरूलाई भेट्दा थाहा पाएँ, ८० जना महिला र २३ जनामात्र पुरुष समातिएका रहेछन् ।

मेरो बुझाइ गलत छैन भने रंगेहात भनेको आपत्तिजनक स्थितिमा भेटिएकालाई भन्छन् सायद । अनि ८० जना महिला र २३ जना पुरुषबीच आपत्तिजनक स्थिति वा यौनसम्पर्क सम्भव छ त ? वास्तवमा आपत्तिजनक स्थितिमै पक्रिएको हो भने अरू पुरुष खै त ? वा किन भगाइयो ? यदि त्यहाँ अरू पुरुष थिएनन् भने ती निर्दोष महिलालाई यस्तो झू ा लान्छना लगाउन मिल्छ ? यो महिलामाथि भइरहेको हिंसाको अर्को उदाहरण होइन र ? यदि  हो भने अधिकार र समानताका बारेमा बोल्नेहरू किन मौन ?

सानु त एउटा प्रतिनिधि पात्रमात्र हुन् । यो सहरमा हजारौं यस्ता सानुहरू छन्, जो १२ वर्षे आन्तरिक द्वन्द्व, गरिबी, बेरोजगारी र घरेलु हिंसाका कारण आमाको काख र गाउँको सुगन्ध त्यागी सुरक्षित स्थानको खोजीमा सहरको घृणा, तिरस्कार, अपमान र गाली, बेइज्जतीले पेट पाल्न विवश छन् ।

पीडा आफैंले भोग्नुपर्छ भन्ने होइन, सुनेर र देखेर पनि अनुभूत गर्न सकिन्छ । समस्या समाधान गर्नका निम्ति अनावश्यक धरपकडभन्दा पनि बुद्धि, विवेक र दक्ष कार्यनीतिको आवश्यकता पर्छ । कुनै पनि पेसा/व्यवसाय आफैंमा नराम्रो हुँदैन र हरेक पेसाका आ-आफ्नै व्यावसायिक धर्म र मर्यादा हुन्छन् । खोतलेर हेर्ने हो भने यहाँ जुनसुकै पेसामा पनि कहीं न कहीं खोट भेटिन्छ । चाहे त्यो राजनीति होस् वा समाजसेवा, जागिर होस् या व्यापार ।

यस्तै मसाजको पनि आफ्नै व्यावसायिक मर्यादा र महत्त्व छ । मसाज एउटा त्यस्तो उपचार पद्धति हो, जसले मानव शरीरलाई चुस्त, तन्दुरुस्त र स्वस्थ भइरहन मद्दत गर्छ । मसाज व्यवसाय आफैंमा समस्या होइन ।  एकातिर रंगेहात पक्रिने प्रहरी त्यसमा संलग्न महिला र पुरुषको संख्या ८० र २३ देखाउँछ, अर्कोतिर त्यहाँ कार्यरत महिला यौन क्रियाकलाप गरेकै हो भनी स्वीकार्न तयार छैनन् । मजस्तै सर्वसाधारण र सचेत नागरिकले मसाजभित्र यौनजन्य गतिविधि हुन्छ भनी विश्वास गर्ने आधार के ? दुःख र पीडाको भारी बोकेका निर्दोष महिलाको बेइज्जत गरेर कसको इज्जत चुलिन्छ ?

त्यसैले विकल्प दिन नसक्ने सरकारलाई धरपकड र पक्राउ गर्ने अधिकार छैन । यसको मतलब जहाँ जे भए पनि आँखा चिम्लिनुपर्छ भन्न खोजिएको होइन । समाजमा देखिएको अश्लीलता र अराजकतालाई नियन्त्रणमात्र होइन, निमिट्यान्नै पार्नुपर्छ । तर नियन्त्रणको नाममा एउटी महिलालाई मात्र नंग्याउने र पूरै व्यवसायलाई नै शंकाको घेरामा राख्नु कतिको न्यायोचित होला ? केही महिनाअघि प्रहरीले मसाजमा छापा मार्दा मन्त्री र सभासद फेला परेको समाचार आएको थियो, तर उक्त पत्रिकाले मन्त्री र सभासदको नाम भने सार्वजनिक गरेनन् ।

रक्षा नेपालले ५ वर्षअघि नै मसाज र रेष्टुरेन्टमा काम गर्ने महिला के चाहन्छन् भन्ने विषयमा गरेको अध्ययनको यथार्थ विवरण सार्वजनिक गरिसकेको छ । यस विषयमा कोही पनि अनभिज्ञ छैनन् । तर किन आजसम्म श्रमजीवी महिलाको आवाजलाई सम्बोधन गरिएन ? यस्ता ाउँमा काम गर्ने ९० प्रतिशत महिला वैकल्पिक रोजगारीको खोजीमा छन् । त्यस्तो रोजगारी जुन सम्मानित र दिगो होस् । ९० प्रतिशतलाई विकल्प दिएर पुनःस्थापना र १० प्रतिशतलाई मसाजसम्बन्धी तालिम दिई दक्ष बनाउन सकियो भने यो व्यवसायलाई व्यवस्थित बनाउन सकिन्छ । कि त पक्रिसकेपछि आवश्यक प्रमाण जुटाएर कानुनअनुसार कडा कारबाही गर्न सक्नुपर्छ, कित उनीहरूलाई वैकल्पिक बाटो दिन सक्नुपर्छ । मसाजका श्रमजीवी महिलाहरू सरकारसँग 'कि यो काम गर्न देऊ, कि मर्न देऊ'  भनेर चिच्याइरहने तर सरकारचाहिँ उनीहरूलाई पक्रने, थुन्ने, गाली र बेइज्जती गर्ने गरिरहेको छ । यसले समस्या समाधान होइन, झन् बल्भिmन्छ ।

नेपाल पर्यटन वर्ष- २०११ को पूर्वसन्ध्यामा पर्यटकीय क्षेत्र मेलमा प्रहरी परिचालन गरी साइरन बजाउँदै मसाजका महिलाहरूलाई खेद्ने र पक्रने काम भइरहेको छ । प्रहरीको पञ्जाबाट बच्नका लागि भागदौड गरिरहेका मसाजकर्मी महिलाहरूको टि लाग्दो दृश्यले पर्यटकको दिमागमा नराम्रो असर पर्नुको साथै अन्तर्राष्ट्रिय रूपमा नेपालप्रति नकारात्मक सन्देश प्रवाह नहोला भन्न सकिन्न ।

लेखक रक्षा नेपालकी अध्यक्ष हुन् ।

प्रकाशित मिति: २०६७ फाल्गुन ४ ०९:२४

You Comments